+
+
Shares

शिक्षामन्त्री पुनलाई विद्या भट्टराईले दिइन् ३० बुँदे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १३:२७
फाइल तस्वीर

२४ असोज, काठमाडौं । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ३० बुँदे सुझाव दिएकी छन् ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार मन्त्री पुनलाई दिएको सुझाव सार्वजनिक गरेकी छन् । सुझावमा भट्टराईले आफ्नो कार्यकालमा सुरु गरेका योजना, काम र निर्देशन समेटेकी छन् ।

मन्त्री पुनले फोनमार्फत भट्टराईसँग उनले सुरु गरेका योजनाबारे जानकारी माग गरेका थिए ।

उनले लेखेकी छिन्, ‘माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले फोनमार्फत तपाईंले सुरु गरेका योजना, काम र निर्देशन के के थिए सुझाव सहित पठाउनु होला भन्नुभयो । मैले आफ्नो कार्यकालमा गरेका अध्ययन, सुझाव र आधार तयार भएका केहि कार्ययोजना जसलाई तुरुन्तै वहाँले लागु गर्न र अद्यावधिक गर्न सक्नु हुनेछ भन्ने विश्वासको आधरमा पठाएको व्यहोरा अवगत गराउछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?