+
+
Shares

राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड

'जेनजी आन्दोलनले संविधानको विषयलाई नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदियो'

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १३:३३

२४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनतामा ठूलो संकट पैदा भएको बताएका छन् ।

आज सम्पादकहरुसँगको छलफलमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘राष्ट्रिय स्वाधिनतामा यति ठूलो हस्तक्षेप, स्वाधिनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।’

उनले राजनीतिक संकट पनि कायमै रहेको बताए ।

जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?