+
+
Shares

राष्ट्रपति पौडेलले आह्वान गरेको छलफलमा कांग्रेसबाट पूर्णबहादुर र गगन सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले २४ असोजमा सर्वदलीय छलफल आह्वान गर्नुभएको छ।
  • नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सर्वदलीय बैठकमा सहभागी हुने भएका छन्।
  • प्रधानमन्त्री सुशीला कार्की पनि उक्त छलफलमा सहभागी हुने र चुनावी माहोल बनाउन संवाद नभएको विषयमा छलफल हुने छ।

२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय छलफलमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुने भएका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ४ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका छन् । राष्ट्रपतिले बोलाएको छलफलमा दलहरूसँगको संवादमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछन् ।

सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेपछि दलहरूसँग चुनावी माहोल बनाउन संवाद नभएको भन्दै सरकारको आलोचना भएको थियो । राष्ट्रपति पौडेलको अग्रसरतामा सर्वपक्षीय छलफल हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?