
News Summary
Generated by OK AI. Editorially reviewed.- निवर्तमान गृहमन्त्री रमेश लेखकले सरकार र जाँचबुझ आयोगलाई कानुनी शासनको मान्यताभित्र बसेर काम अघि बढाउन आग्रह गरेका छन्।
- लेखकले २३ र २४ असोजको घटनाको छानबिनका लागि आयोग बनेको र सबैले लोकतान्त्रिक मूल्य मान्यता भित्र काम गर्नुपर्ने बताए।
- उनले भने, \'सबैलाई कानुनी शासनको मान्यताभित्र बसेर आफ्ना काम अघि बढाऔं भन्ने मेरो आग्रह छ।\'
२४ असोज, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले कानुनी शासनको मान्यताभित्र बसेर काम अघि बढाउन सरकार र जाँचबुझ आयोगलाई आग्रह गरेका छन् ।
अघिल्लो महिला २३ गते भएको प्रदर्शनपछि राजीनामा दिएका लेखक त्यसयता सार्वजनिक भएका थिएनन् । शुक्रबार पहिलोपटक सार्वजनिक भएका लेखकले आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट माथि हटेर काम अघि बढाउनुपर्ने बताए ।
‘२३ र २४ गतेको घटनाको छानबिनका लागि आयोग बनेको छ । म अहिले के मात्र आग्रह गर्न चाहन्छु भने,’ लेखकले अघि भने, ‘सरकार, आयोग, राजनीतिक दलहरूले हाम्रा लोकतान्त्रिक मूल्य मान्यता छन्, ती पद्धतिभित्र बसेर मुलुकको संविधान र कानुन बमोजिम आ–आफ्ना काम सम्पन्न गर्नुपर्छ ।’
कानुनी शासनमा बसेर काम गर्दा नै ठिक ठाउँमा पुग्न सकिने उनको भनाइ थियो ।
‘सबैलाई कानुनी शासनको मान्यताभित्र बसेर आफ्ना काम अघि बढाऔं भन्ने मेरो आग्रह छ । त्यसैले हामी ठिक ठाउँमा पुग्न सक्छौं,’ लेखकले भने ।
प्रतिक्रिया 4