+
+
Shares

रास्वपाले उच्चस्तरीय संवादका लागि स्वर्णिम वाग्लेलाई तोक्यो संयोजक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १७:३१
फाइल तस्वीर

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य पक्षसँग हुने उच्च स्तरीय संवादका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई संयोजक तोकेको छ ।

२२ र २४ असोजमा बसेको सचिवालय बैठकले विभिन्न पक्षसँग हुने उच्च तहको संवाद गर्न पार्टीबाट वाग्लेलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि वाग्लेले संवाद गर्ने रास्वपाले जनाएको छ ।

विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन वाग्लेले उच्च संवाद समितिको संयोजन गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?