+
+
Shares

वर्तमान सरकार मुठभेडतर्फ उद्यत भयो : एमाले

‘सबैको निष्कर्ष चाहीँ भदौ २३ गते जेनजी युवाले राखेका आवाज स्वभाविक थिए, उहाँहरूले पनि आन्दोलन शान्तिपूर्ण हुन्छ, निषेधित क्षेत्र तोड्दैनौं, सामाजिक सञ्जाल सञ्चालन गर्ने मामलामा दबाब सिर्जना गर्छौं भन्नुभएको थियो । तर, निषेधित क्षेत्र तोडेर दु:खको अवस्था बन्यो,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १८:३१

२४ असोज, काठमाडौं । नेकपा एमालेले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मूठभेडतिर लैजान उद्यत भएको बताएको छ ।

शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले सरकारबारे गम्भीर छलफल गरेको बताउँदै उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘एकातिर प्रहरीलाई कुटीकुटी हत्या गर्ने र हतियार लुट्नेलाई सजिलै छाडिदिने, गृहमन्त्रीको दबाबमा । अर्कोतिर शान्तिपूर्ण प्रदर्शन गर्ने दलहरूलाई रोक्ने, नेताहरूलाई स्थान हद रोक्ने कुराहरूले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्धत छ,’ उनले भने ।

वर्तमान सरकारले गरेका क्रियाकलापबारे पार्टीमा गम्भीर समीक्षा भएको उनले बताए ।

‘सबैको निष्कर्ष चाहीँ भदौ २३ गते जेनजी युवाले राखेका आवाज स्वभाविक थिए । उहाँहरूले पनि आन्दोलन शान्तिपूर्ण हुन्छ, निषेधित क्षेत्र तोड्दैनौं, सामाजिक सञ्जाल सञ्चालन गर्ने मामलामा दबाब सिर्जना गर्छौं भन्नुभएको थियो । तर, निषेधित क्षेत्र तोडेर दु:खको अवस्था बन्यो,’ उनले भने ।

जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने एमालेले बताएको छ । भदौ २४ गते जे भयो, त्यो लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएको एमालेले जनाएको छ ।

‘यो सामान्य घटना होइन । यसको गम्भीरताका साथ छानबिन अघि बढ्नुपर्छ,’ उनले भने ।

अहिलेको सरकारले गरेका क्रियाकलाप्रति भने पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताए ।

‘यो सरकारले जे क्रियाकलाप गर्दैछ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मुलुकलाई विभाजित भएको मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्ने थियो,’ उनले भने, ‘तर, सरकार निषेधको बाटोबाट अघि बढेको छ । हामीले यो सरकार बनायौं भन्नेहरू हिंसाको भाषा बोलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?