
२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग भेटवार्ता कार्यक्रम तय गरेका थिए ।
तर, एक्कासी उनी बिरामी भए । उनलाई अहिले महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
अस्पताल स्रोतका अनुसार, उनलाई बान्ता र चक्कर लागेपछि अस्पताल लगिएको हो । ‘उहाँले सुरुमा चक्कर लाग्यो भन्नुभएको रहेछ, पछि निरन्तर बान्ता पनि हुन थालेपछि अस्पताल ल्याइएको हो,’ अस्पताल स्रोतले बतायो ।
स्रोतका अनुसार, उनलाई पोजसनल भर्टिगो (द्यएएख्) भएको हो ।
यो रोग लागेका मान्छेहरू अचानक टाउकोभित्र केही घुमिरहेको जस्तो महसुस गर्छन् ।
जसले हल्कादेखि तीव्र चक्कर लाग्ने लक्षणहरू देखा पर्छन् । राष्ट्रपति पौडेललाई पनि त्यही भएको र अहिले अवस्था सामान्य भएको चिकित्सकहरूले बताएका छन् ।
उनलाई आज वा भोलि नै डिस्चार्ज गर्नेगरी छलफल भएको पनि एक चिकित्सकले बताए ।
जेनजीसँगको अर्को वार्ता आगामी सोमबार हुने बताइएको छ ।
प्रतिक्रिया 4