+
+
Shares

‘हितैको माया’ लिएर नितेशजंग कुवँर अमेरिकाको टेक्सासमा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते ६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकप्रिय गायक नितेशजंग कुँवरले अक्टोबर २४, २०८२ मा डलासको ह्याङआउट रेस्टुरेन्ट एन्ड स्पोट्र्स क्लबमा 'हितैको माया अमेरिका टुर २०२५' अन्तर्गत सांगीतिक प्रस्तुति दिने भएका छन्।
  • फेम नेपालको प्रस्तुतिमा आयोजना हुने उक्त कार्यक्रम थ्रिई इन्टरटेनमेन्टले व्यवस्थापन गरेको छ र नेप्रिन्ट्सले सपोर्ट गरेको छ।
  • कुँवरले 'एनजेके भाइब' सहित मन्चमा उत्रनेछन् र डलास वरपरका नेपाली संगीतप्रेमीका लागि यो कार्यक्रम अविस्मरणीय हुने आयोजकले विश्वास व्यक्त गरेका छन्।

टेक्सास (अमेरिका) । लोकप्रिय गायक तथा संगीतकार नितेशजंग कुवँरले यहाँको डलासमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।

‘हितैको माया अमेरिका टुर २०२५’ नामक टूर लिएर उनले अक्टोबर २४ तारिख, शुक्रबार डलासमा लाइभ कन्सर्ट गर्न लागेका हुन् ।

फेम नेपालको प्रस्तुतिमा हुन लागेको यो कार्यक्रम डलास नजिकैको अर्भिङस्थित ‘ह्याङआउट रेस्टुरेन्ट एन्ड स्पोट्र्स क्लब’मा आयोजना हुने जनाइएको छ ।

कुँवरको अमेरिका टूरको व्यवस्थापन थ्रिई इन्टरटेनमेन्टले गरेको हो । ‘एनजेके भाइब’ सहित मन्चमा उत्रने कुँवरले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

कार्यक्रमको भेन्यू पार्टनरमा ह्याङआउट रेस्टुरेन्ट एन्ड स्पोट्र्स क्लब रहेको छ भने नेप्रिन्ट्सले कार्यक्रमलाई सपोर्ट गरेको छ ।

डलास र यस वरपर बसोबास गर्ने नेपाली संगीतप्रेमीका लागि यो कार्यक्रम एक अविस्मरणीय सांगीतिक अनुभव हुने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?