+
+
Shares

एमाले सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते ८:०८

२६ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । शनिबार स्थगित भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार बैठक स्थगित भएको थियो ।

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको हो ।

बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।

अहिलेकै नेतृत्वमा एमाले अगाडि बढ्न नसक्ने उनीहरुको तर्क छ । बाँकी पदाधिकारीले आजको बैठकमा कुरा राखेपछि केन्द्रीय कमिटीको एजेन्डाबारे निर्णय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?