
२६ असोज, काठमाडौं । इलामका बाढीपहिरो प्रभावितहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राहत वितरण गरेको छ ।
गत असोज १८ गतेको अविरल वर्षाका कारण इलाममा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको थियो । ती प्रभावितहरुलाई एनआरएनएले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखा र रेड हर्स फुटबल क्लबको सहकार्यमा विभिन्न चरणमा राहत वितरण गरेको हो ।
रेडक्रस शाखामार्फत वडानम्बर ६ को बालन र घोषमा, उपशाखामार्फत मंगलबारे, सिधिथुम्का, शान्तिडाँडा, माइपोखरी एकतप्पा, दानाबारी उपशाखामार्फत थप राहत वितरण गरिएको हो ।
एनआरएनएले १०० थान त्रिपाल, २०० थान ब्ल्यान्केट, १०० थान म्याट सहयोग गरेको हो ।
राहत पाएपछि प्रभावित परिवारहरूले केही सहजता महसुस भएको बताएका छन् । राहत वितरण कार्यक्रमको समन्वय संघको तर्फबाट कनिष्ठ अधिकृत निरोज महर्जनले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4