+
+
Shares

जेनजी प्रदर्शनमा प्रहरीबाट लुटिएको बन्दुक दमकमा भेटियो

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ।

रासस रासस
२०८२ असोज २६ गते ११:१०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि बेवारिसे अवस्थामा गत भदौ २४ गते लुटिएको ३०३ राइफल फेला परेको छ।
  • प्रहरी निरीक्षक नवीन राईको टोलीले बन्दुक फेला पारेपछि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।
  • प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले उक्त हतियार म्यागजिनसहित भएको पुष्टि गर्नुभएको छ।

२६ असोज, भद्रपुर । झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा बन्दुक भेटिएको छ ।

स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको उक्त हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ।

उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?