+
+
Shares

पार्टी नेतृत्व दक्षिणपन्थीको पछि लाग्योस् झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको पछि लागेको आरोप समेत लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टी नेतृत्व दक्षिणपन्थीको पछि लागेको आरोप लगाएका छन्।
  • खनालले वामपन्थी दलले मुलुकको सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने बताए।
  • खनालले पार्टी एकीकरणको विपक्षमा उभिएर अहिले कसैसँग पनि एकीकरण गर्न नहुने धारणा राखेका छन्।

२६ असोज, काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी नेतृत्व दक्षिणपन्थीको पछि लागेको आरोप लगाएका छन्।

पत्नीको उपचार सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा त्यस्तो आरोप लगाएका हुन्। समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकताको गृहकार्य चलिरहेका बेला खनालको प्रतिकृया आएको हो।

खनालले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको पछि लागेको आरोप समेत लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रुपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।

‘वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरुसँग अपमानपूर्ण सन्धि र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्नु अनुवार्य नै थियो । अहिले त्यही नै भइरहेको छ,’ खनालले भनेका छन् ।

पार्टी एकताको विपक्षमा उभिएका खनालले अहिले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने धारणा राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?