
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै थाहा नभएको बताएका छन्।
- इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनको अवस्था अज्ञात रहेको जानकारी दिएका छन्।
- प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले नयाँ जानकारी आए नेपाली राजदूतलाई खबर गर्ने बताएका छन्।
२६ असोज, काठमाडौं। इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै पनि थाहा हुन नसकेको बताएका छन्। यो जानकारी इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका हुन् ।
आइतबार बिहान अनलाइनखबरसँग टेलिफोनमा कुराकानी गर्दै राजदूत पण्डितले भने, ‘विपिनको अवस्था अझै अज्ञात छ र उनको अवस्था कस्तो छ भन्ने थाहा हुन सकेको छैन ।’
मिडियाहरुमा विपिनबारे विभिन्न समाचार आइरहेकाले आफूले प्रधानमन्त्री कार्यालयमा बुझेको र त्यहाँका अधिकारीहरुले विपिनको अवस्था अझै थाहा हुन नसकेको बताएको पण्डितले जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘विपिनबारे केही नयाँ जानकारी आए सबैभन्दा पहिले तपाईंलाई खबर गर्छौं भनेर इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकृतहरुले भनेका छन् ।’
उनले आधिकारिक निकायबाट पुष्टि नभई समाचार नलेख्न र पीडित परिवारको भावनामा चोट नपुर्याउन अनुरोध समेत गरे ।
प्रतिक्रिया 4