
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपतिसहित प्रधानमन्त्री र मन्त्रीहरुसँग सोमबार हुने भनिएको जेनजीको वार्ता रद्द भएको छ।
- राष्ट्रपति अस्वस्थ भएपछि बैठक नबोलाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
- राष्ट्रपतिको स्वास्थ्यका कारण वार्ता अब एक-दुई दिन पछि मात्र बोलाइने सचिवालयले बताएको छ।
२७ असोज, काठमाडौं। सोमबार जेनजीसँग हुने भनिएको राष्ट्रपतिसहित प्रधानमन्त्री/मन्त्रीहरुको वार्ता नहुने भएको छ ।
राष्ट्रपति कार्यलयको फोन कुरेका जेनजी प्रतिनिधिले अहिलेसम्म कुनै खबर नआएको बताएका छन् ।
‘आज बस्ने भनिएको थियो, तर अहिलेसम्म केही खबर आएको छैन । फोन आयो भने जान्छौँ,’ एक जेनजी अगुवाले भने।
उता राष्ट्रप्रती कार्यलयले भने राष्ट्रपति अस्वस्थ भएपछि सोमबार बैठक नबोलाइएको बताएका छन् ।
‘अस्ती राष्ट्रपति बिरामी हुनुभयो। त्यसपछि सोमबार बस्ने भन्यौं,’ राष्ट्रपतिको सचिवालय स्रोतले भन्यो, ‘ तर, डाक्टरले केही दिन आराम गर्नु भन्नुभएको छ । त्यसैले अब एक दुईदिन पछि छलफलको लागि बोलाउछौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4