+
+
Shares

किष्ट अस्पतालले क्यान्सरका बिरामीलाई एक महिनासम्म नि:शुल्क बेड प्रदान गर्ने

क्यान्सरका विरामीहरुको भावनात्मक तथा शारिरीक पीडा कम गरी सुख तथा सहजताका साथ अन्तिम सास फेर्न चाहाने बिरामीका लागि असोज २७ देखि कार्तिक मसान्तसम्म एक महिनासम्म निःशुल्क बेड सेवा प्रदान गर्ने जनाएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किष्ट शिक्षण अस्पतालले असोज २७ देखि कार्तिक मसान्तसम्म क्यान्सरका जिवनको अन्तिम अवस्थामा रहेका बिरामीलाई एक महिनासम्म निशुल्क बेड सेवा प्रदान गर्ने निर्णय गरेको छ।
  • अस्पतालले प्यालियटिभ केयर युनिटको औपचारिक शुभारम्भ गर्दै क्यान्सर बिरामीका लागि दुखाइ नियन्त्रण, भावनात्मक र आध्यात्मिक परामर्श सेवा सुरु गरेको छ।
  • प्यालियटिभ केयरले क्यान्सरको अन्तिम चरणमा शारीरिक पीडा, मानसिक तनाव र सामाजिक एक्लोपन भोगिरहेका बिरामीलाई सान्त्वना र सहज मृत्युका लागि स्नेहपूर्ण सेवा प्रदान गर्छ।

२७ असोज, काठमाडौं। ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालले जिवनको अन्तिम अवस्थामा पुगेका क्यान्सरका बिरामीलाई एक महिनासम्म निशुल्क बेड सेवा प्रदान गर्ने निर्णय गरेको छ।

क्यान्सरका विरामीहरुको भावनात्मक तथा शारिरीक पीडा कम गरी सुख तथा सहजताका साथ अन्तिम सास फेर्न चाहाने बिरामीका लागि असोज २७ देखि कार्तिक मसान्तसम्म एक महिनासम्म निःशुल्क बेड सेवा प्रदान गर्ने जनाएको हो।

यो सँगै अस्पतालले प्यालियटिभ केयर युनिटको औपचारिक रूपमा शुभारम्भ गरेको छ । सोमबार अस्पतालले एक कार्यक्रम गर्दै सानु खड्की लगायत विरामी तथा बिरामीका आफन्तको हातबाट सो सेवाको सुरुवात गरेको हो।

क्यान्सर सम्बन्धि सर्जरी, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी र हर्मोनल थेरापी लगायत उपचार सेवा दिदै आएको अस्पतालले प्यालियटिभ केयर समेत सुरु गरि क्यान्सरको दुखाइ नियन्त्रण, भावनात्मक तथा आध्यात्मिक परामर्श जस्ता सेवा एकै ठाउँमा उपलब्ध गर्ने बताएको छ ।

के हो प्यालियटिभ केयर ?

क्यान्सरको उपचारको अन्तिम चरणमा बिरामी शारीरिक पीडा, मानसिक तनाव र सामाजिक एक्लोपनको सामना गरिरहेका हुन्छन।यस्तो अवस्थामा चिकित्सा सम्वन्धि मात्र उपचार नभई भावनात्मत तथा शारिरिक रुपमा सहज मृत्युको लागि सान्त्वना तथा गरिने स्नेह पूर्ण केयर हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?