
२८ असोज, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तेस्रो ‘फलोरा एक्सफो २०८२’ सुरु भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ एक्सपो सुरु गरिएको हो ।
फूलको प्रदर्शनी कात्तिक १ गतेसम्म सञ्चालन हुने संघले जनाएको छ । मेलामा फरक-फरक स्टलमा थरीथरीका फूलहरु राखिएको छ । उक्त फूल विभिन्न ठाउँका नर्सरीहरुले प्रदर्शन तथा प्रतिस्पर्धाका लागि राखेका हुन् ।
मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटविरुवाहरु पनि राखिएको संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4