+

आईसीसी टी-२०आई वरीयतामा नेपालको एक स्थान सुधार

२०८२ असोज  २८ गते १२:१६ २०८२ असोज २८ गते १२:१६
आईसीसी टी-२०आई वरीयतामा नेपालको एक स्थान सुधार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोली आईसीसी टी-२०आई वरीयतामा एक स्थान माथि उक्लेर १७औं स्थानमा पुगेको छ।
  • नेपालले गत सेप्टेम्बरमा वेस्ट इन्डिजसँगको टी-२०आई शृंखला जितेको थियो र हालसम्म टी-२० विश्वकप छनोटमा अपराजित छ।
  • आईसीसीले नयाँ वरीयतामा नेपालको रेटिङ १७५ रहेको र अमेरिकी टोलीको वरीयता खस्किएको उल्लेख गरेको छ।

२८ असोज, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी टी-२०आई वरीयतामा एक स्थान माथि उक्लिएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गरेर १७औं स्थानमा पुगेको हो ।

नेपालले गत सेप्टेम्बरमा वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला जितेको थियो । त्यसपछि टी-२० विश्वकप छनोट खेलिरहेको नेपाल हालसम्म अपराजित रहेको छ ।

१७औं स्थानमा रहेको नेपालको १७५ रेटिङ छ । नेपाल माथि उक्लँदा अमेरिकी टोलीको वरीयता खस्किएको छ ।

नेपाली क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अलराउण्डर वरीयतामा शीर्ष ५ भित्र छन् ।

आईसीसीले ब्याटिङ, बलिङ र अलराउण्डरतर्फको नयाँ वरीयता हरेक साता बुधबार सार्वजनिक गर्दै आएको छ ।

आईसीसी वरीयता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय