+
+
Shares

एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाले हुन्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १२:३५

२८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।

उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताए ।

‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला । यो भ्रम नपाले हुन्छ,’ ओलीले भने, ‘एमाले, राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो । व्यवहारमा यसले पुष्टि गरेको थियो । देखाएको थियो ।’

उनले एमाले सरकारमा हुँदा र नहुँदा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकको प्रतिवेदनले देखाएको दाबी गरे ।

‘हामी सरकारमा हुँदा र हट्दा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकले भनेको छ । ३ प्रतिशत यही वर्ष आर्थिक वृद्धिदर घट्छ भन्यो,’ उनले भने ।

उनले पार्टीले देशको स्वाभिमान कायम गर्नका लागि काम गरेको बताए ।

उनले आर्थिक रूप र दिगो विकासका लक्ष्यमा काम गरिरहँदा अर्को वर्ष नेपाललाई अल्पविकसितबाट विकसित राष्ट्रमा विकसित गर्ने अनुकूल स्थिति सिर्जना गरिहेका उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?