+
+
Shares

एमाले केन्द्रीय कमिटी बैठकमा वर्णानुक्रमअनुसार सदस्यहरूले धारणा राख्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले वर्णानुक्रम अनुसार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सुरु गरेका छन्।
  • महासचिव शंकर पोखरेलले उल्टो वर्णानुक्रम अनुसार सदस्यहरूले धारणा राख्ने प्रस्ताव राखेका थिए, जसमा केही सदस्यहरूले विरोध जनाएका थिए।
  • बैठकमा सदस्यहरूले ३–३ मिनेटको समय पाएका छन् र पदाधिकारीहरूले पहिले धारणा राख्नुपर्ने विषयमा विवाद भएपछि 'खाजा ब्रेक' लिएर बैठक पुनः सुरु भएको छ।

२९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले वर्णानुक्रम अनुसार आफ्नो धारणा राख्न सुरु गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि वर्णानुक्रम अनुसार केन्द्रीय सदस्य हेमराज राईले सुरुमा आफ्नो धारणा राखेका छन् ।

एमालेमा विगतमा केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको सुल्टो वर्णानुक्रम (‘अ’बाट ‘क’ हुँदै ‘ज्ञ’सम्म) बोल्ने प्रचलन थियो ।

तर, यसपटक महासचिव शंकर पोखरेलले उल्टोबाट (‘ज्ञ’बाट ‘क’ हुँदै ‘अ’सम्म) नामअनुसार पालैपालो बोल्ने प्रस्ताव राखेका थिए । साेही अनुरूप केन्द्रीय सदस्य राईको पालो अगाडि नै आएको हो ।

बुधबारबाट ललितपुरमा सुरु भएको बैठकमा महासचिव पोखरेल केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको उल्टो वर्णानुक्रम (ज्ञ)बाट बोल्न प्रस्ताव राखेपछि विरोध भएको थियो ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित केही केन्द्रीय सदस्यहरूले पनि विरोध जनाएका थिए । तर, अहिले सोही अनुरूप बैठकमा सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदनमाथि आफ्नो धारणा सुरु गरेका छन् ।

केन्द्रीय सदस्यहरूले पहिले पदाधिकारीहरू बोल्नुपर्ने र त्यसमा पनि आफूहरूले धारणा राख्नुपर्ने भनेपछि बैठक हलमा होहल्ला भएको थियो ।

होहल्लापछि ‘खाजा ब्रेक’ भन्दै स्थगित भएको बैठक पुन: सुचारु भएको छ । बैठकमा धारणा राख्न प्रत्येक सदस्यलाई ३–३ मिनेटको समय छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?