
२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी चुनावबाट नभाग्ने प्रष्ट पारेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
साथै, उनले अहिलेको यही प्रणालीबाट हुने निर्वाचन भने दीर्घकालिन समस्या समाधान नहुने पनि जिकिर गरे ।
‘जेनजी आन्दोलनको बीचमै हामीले भनेका थियौं, संसद्ले निकास दिन सकेन, त्यसकारण यो विघटन हुनुपर्छ भनेर माग राख्ने हामी हौं । हामीले राजीनामा समेत दियौं । संसद् विघटन भयो । नयाँ निर्वाचनमा नै जानुपर्छ,’ उनले भने, ‘तर, त्यसअघि यही निर्वाचन प्रणालीबाट हुने निर्वाचनले देशलाई निकास दिन सक्दैन । तर, निर्वाचन भइहाल्यो भने हामी भाग्दैनौं । निर्वाचनको तयारी गरेर जान्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4