+
+
Shares

प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेनबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १६:२७

२९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको थियो ।

उक्त भेटमा यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता र जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक कालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि दुवै पक्षले चर्चा गरेका थिए ।

बेलायती राजदूतले सम्मानीय प्रधानमन्त्रीज्यूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तयार रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?