+
+
WC Series
Oman
0/0
VS
Nepal
0/0
Shares

सिंहदरबारमा एसएलआर ताक्ने युवामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौं जिल्ला अदालतले सुरक्षाकर्मीको हतियार लुटेर प्रदर्शन गर्ने राजु परियारमाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते २०:११

२९ असोज, काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुरक्षाकर्मीको हतियार लुटेर प्रदर्शन गर्ने राजु परियारमाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद दिएको छ ।

२४ भदौको जेनजी आन्दोलनको क्रममा परियाले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको मूल गेट अगाडि सेल्फ लोडिङ राइफल (एसएलआर) कक गर्दै उच्छृंखल गतिविधि प्रदर्शन गरेको प्रहरीको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित ब्रान्चले उनलाई २८ असोजमा पक्राउ  गरेको थियो ।

पक्राउ पर्ने व्यक्ति सम्राट भनेर चिनिने राजु परियार हुन् ।

ललितपुर महानगरपालिका-१३ कुसुन्ती घर भएका ३६ वर्षीय परियारले २४ भदौमा भएको जेनजी आन्दोलनमा राइफल लिँदै उच्छृखंल गतिविधि गरेको भिडिओ, तस्वीर भाइरल बनेको थियो ।

टाउकामा क्याप र मुखमा कालो मास्क लगाएका परियारले माथिको कपडा भने फुकालेका थिए । उनको छातीमा ट्याटु खोपेको पनि भिडिओमा देखिन्थ्यो ।

ट्राउजर र चप्पल लगाएका ती व्यक्ति सिंहदरबार तोडफोड र आगजनीमा अग्रमोर्चामा रहेको आशंका प्रहरीको छ । उनै परियारले सुरक्षाकर्मीको स्वचालित एसएलआर हतियार लुटेर आतंक सिर्जना गरेका थिए ।

राइफल बोकेर पोजिसन लिएको तस्वीर भाइरल भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत उनको खोजी सुरु गरेको थियो । घटनाको एक महिनापछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार परियार यसअघि पनि विभिन्न बैंकिङ कसुर तथा ठगी जस्ता आपराधिक गतिविधमा संलग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?