+
+
Shares

सभामुखलाई संसद् पुनर्स्थापनाको मुद्दा लिएर सर्वोच्च जान सुझाव दिनेहरू न्यून

सुझाव दिनेहरूमध्ये सभामुखलाई नै संसद् पुनर्स्थापनाको माग सहितको रिट सर्वोच्च अदालत जान सुझाव दिनेहरू न्यून छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १०:१५

३० असोज, काठमाडौं । आज पनि सभामुख देवराज घिमिरे अनौपचारिक/औपचारिक छलफलमा छन् । संसद् पुनर्स्थापनाको माग लिएर सभामुख नै सर्वोच्च अदालत रिट लिएर जान आवश्यक छ कि छैन भनेर सभामुख घिमिरेले निरन्तर छलफलमा छन् । छलफलका क्रममा उनले कानुन व्यवसायी, रानीतिक दलका नेता र विज्ञहरूलाई भेटिरहेका छन् ।

सभामुख घिमिरेले बुधबार विघटित प्रतिनिधि सभामा रहेका राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । पूर्वमहान्यायाधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग सभामुख घिमिरे छलफलमा छन् ।

सुझाव दिनेहरूमध्ये सभामुखलाई नै संसद् पुर्नस्थापनाको मागसहितको रिट सर्वोच्च अदालत जान सुझाव दिनेहरू न्यून छन् ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखलाई संसद पुनर्स्थापनाको माग लिएर सभामुख नै रिट लिएर अदालत जानुपर्छ भन्नेहरू खासै छैनन् ।

उनी भन्छन्, ‘खासगरी राजनीतिक दलहरूको सुझाव हो । दलहरू आफैं जाने भन्ने आएन । सभामुख जानुस् पनि भनिएको छैन ।’

अन्यको सुझाव पन सभामुखको हकमा आफैँ रिट लिएर जानुस भन्ने नरहेको उनले जानकारी दिए । उनी भन्छन्, ‘कानुनका विज्ञहरूले पनि सभामुखलाई रिट लिएर अदालत जानस् भन्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?