
३० असोज, काठमाडौं । नेकपा एमालेको दशौं केन्द्रीय समिति बैठकमा वैदेशिक हस्तक्षेप कसको हो भनेर किटान गर्नुपर्ने माग उठेको छ । ललितपुरमा जारी आज दोस्रो दिनको बैठकमा नेपालमा हस्तक्षेप गर्ने विदेशी शक्ति किटान गर्नुपर्ने माग उठेको हो ।
बैठकमा केन्द्रीय सदस्य रामलाल साह (मोरङ)ले भने, ‘वैदेशिक हस्तक्षेप हो भने क–कसको हो किटान गरौं र सोधौं । होइन भने समस्याको समाधान बाहिर नखोजौं ।’
उनले खास समस्या पार्टी नेता र नेतृत्वमा रहे पनि अमूक ‘विदेशी शक्ति’लाई मात्र दोष देखाउनु गलत हुने टिप्पणी गरे ।
अर्का केन्द्रीय सदस्य रबिन कोइरालाले पनि समाजका तमाम असफलताहरु अरुले गरेको भनेर आज पत्याउने परिस्थिति नभएको बताए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट बिदा लिन सुझाव समेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4