
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
- सिंहले विद्यालय र मन्दिरका उपभोक्ता समितिको खाताबाट जम्मा रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये रु. ३८ लाख ५० हजार ३१९ घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको खातामा राखेका थिए।
- आयोगले सो रकमको केही हिस्सा सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा पनि जम्मा गराएको पाइएको जनाएको छ।
३० असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
सिंह महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
उनीसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
आयोगका अनुसार सिंहले विद्यालय, मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कूल रकम रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये रु. ३८ लाख ५० हजार ३१९ (झन्डै २८.२५ प्रतिशत) रकम सिंहले घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेका थिए ।
सो रकमको केही हिस्सा उनले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा पनि जम्मा गराएको पाइएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया 4