
३० असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले युवावर्गलाई विशेष तरिकाले पार्टीका सबै कमिटीमा समेट्नुपर्ने विचार व्यक्त गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा पहारीले अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा आफूलाई उभ्याउँदै अहिले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक नहुने बताए ।
‘नेतृत्व परिवर्तन अहिलेको बहसको विषय हुनुहुँदैन । विधिसम्मत प्रतिस्पर्धा गर्ने थलो पार्टी महाधिवेशन हो, जो मिति प्रस्ताव नै भइसकेको छ’, उनले भनेका छन्, ‘सम्पूर्ण आन्तरिक समस्याको समाधानको थलो हामीले त्यसैलाई मान्नुपर्छ ।’
पहारीले आफ्नो धाराणा राख्दै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अध्यक्ष ओली नेतृत्वको सरकार ढलेको अवस्थामा युवा पुस्तालाई समेटेर कमिटीमा ४० प्रतिशत पार्टी कमिटीमा राख्नुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4