+
+
Shares

महाराजगञ्जका प्रहरी जवान उत्तम थापाको हत्या गर्नेविरुद्ध मुद्दा दर्ता

जन्मकैदको सजाय माग

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी वृत्त महाराजगञ्जका जवान उत्तम थापाको हत्या आरोपमा दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
  • मुद्दामा काभ्रेको रोशी गाउँपालिका निवासी २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका निवासी २१ वर्षीय सोनाम तामाङलाई प्रतिवादी बनाइएको छ।
  • उनीहरुविरुद्ध ज्यान मार्ने र आपराधिक उपद्रवको कसुरमा जन्मकैदसम्मको सजाय मागदाबी गरिएको छ।

३० असोज, काठमाडौं। जेन–जी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्लाच अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। जसमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङलाई प्रतिवादी बनाइएको छ ।

आफ्नो भतिजाको हत्या गरेको भन्दै काका इश्वर सिंह थापाले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । थापालाई कुटिकुटी मारिएको थियो ।

उनीहरुविरुद्ध ज्यान मार्ने कसुर र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरिएको छ । जसअनुसार ज्यान कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ अन्तर्गतको कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको छ ।

संहिताकै दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न नहुने कसुरमा पनि जन्मकैदसम्म हुनसक्ने सजाय मागदाबी गरिएको छ । जिल्ला अदालतले थुनछेक बहसपछि उनीहरुलाई सामान्य तारेख तथा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउने मध्ये एक आदेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?