+
+
Shares

यी हुन् फिर्ता बोलाइएका ११ राजदूतहरू (नामावली)

फिर्ता बोलाइएको आवासीय राजदूतहरुले आगामी २० कात्तिकसम्म नेपाल फर्किसक्नुपर्ने पनि सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १८:३८

३० असोज, काठमाडौं । सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाएको हो ।

फिर्ता बोलाइएको आवासीय राजदुतहरुले आगामी २० कात्तिकसम्म नेपाल फर्किसक्नुपर्ने पनि उनले बताए ।

चीनमा राजदूत कृष्णप्रसाद ओली, जर्मनीमा शैल रुपाखेती, इजरायलमा धनप्रसाद पण्डित, मलेसियामा डा. नेत्रप्रसाद तिमल्सिना, कतारमा रमेशचन्द्र पौडेल, रुसमा जंगबहादुर चौहान, साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा शनिल नेपाल, बेलायतमा चन्द्रकुमार घिमिरे, अमेरिकामा लोकदर्शन रेग्मी र जापामा डा. दुर्गाबहादुर सुवेदी राजदूत थिए ।

सरकारले भारतका लागि नेपाली आवासीय राजदूतलाई भने फिर्ता बोलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?