+
+
Shares

एमाले बैठकमा ढुंगेलले भने- विद्या भण्डारीलाई विवादित बनाएर ल्याउन हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १९:४०

३० असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधवप्रसाद ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादित बनाएर ल्याउन नहुने बताएका छन् ।

हिजोबाट जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सम्मानजक रुपमा सर्वसम्मत रुपमा मात्रै भण्डारीलाई पार्टी सदस्यता नवीकरण गरेर पार्टीमा ल्याउनुपर्ने बताए ।

‘विद्या भण्डारीलाई विवादित बनाएर पार्टीमा ल्याउन हुँदैन । सर्वसम्मत परिस्थिति बनाएर मात्रै ल्याउनुपर्छ । सचिवालयले यसबारे छलफल गरोस्,’ ढुंगेलले बैठकमा भने, ‘सचिवालयले सर्वसम्मत ल्याउने स्थिति नबन्दा विवादित बनाएर ल्याउन हुँदैन ।’

उनले जेनजी आन्दोलनको निर्मम समीक्षा हुन जरुरी रहेको पनि बताए भने सुरक्षा अंगको भूमिका संशयपूर्ण रहेकोमा चिन्ता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?