
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार शुक्रबार भारतीय सुन्तलाको थोक मूल्य प्रतिकिलो औसत २४ रुपैयाँ घटेर १ सय २६ रुपैयाँ पुगेको छ।
- बिहीबार भारतीय सुन्तलाको थोक मूल्य प्रतिकिलो अधिकतम १ सय ६० रुपैयाँ र औसत १ सय ५० रुपैयाँ थियो।
- नेपालमा सुन्तलाको सिजन मंसिरदेखि सुरु हुने भएकाले नेपाली सुन्तला बजार भित्रिन अझै एक महिना बाँकी छ।
३१ असोज, काठमाडौं । स्थानीय बजारमा भारतीय सुन्तलाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार भारतीय सुन्तलाको भाउ घटेको हो ।
समितिको तथ्यांक अनुसार शुक्रबार कालीमाटी बजारमा भारतीय सुन्तलाको भाउ थोकमा प्रतिकिलो अधिकतम १ सय ३० रुपैयाँ छ । औसतमा यसको मूल्य किलोको १ सय २६ रुपैयाँ छ ।
हिजो बिहीबार भारतीय सुन्तला प्रतिकिलो अधिकतम १ सय ६० रुपैयाँ र औसत १ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
हिजो बिहीबारको तुलनामा आज शुक्रबार भारतीय सुन्तलाको प्रतिकिलो थोक मूल्य औसतमा २४ रुपैयाँ घटेको छ ।
नेपाली सुन्तला बजार भित्रिन अझै एक महिना बाँकी छ । मंसिर लागेपछि नेपालमा सुन्तलाको सिजन सुरु हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4