
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री गौमाया गुरुङ दक्षिण कोरियामा आयोजित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा फिल्म ‘सेप अफ मोमो’को प्रिमियरमा सहभागी भएकी थिइन्।
- गौमायाले नेटफ्लिक्स श्रृंखला ‘स्क्विड गेम’का भिलेन ली ब्युङ-हनसहित चर्चित दक्षिण कोरियाली कलाकारसँग भेटेर फोटो इन्स्टाग्राममा सेयर गरिन्।
- गौमायाले भेटलाई अविश्वसनीय बताउँदै कथाकार र कलाकारसँग भेट पाउँदा आभारी रहेको उल्लेख गरिन् र आफ्नो आगामी फिल्महरूमा काम गरिरहेकी छिन्।
काठमाडौँ । अभिनेत्री गौमाया गुरुङ केही साताअघि दक्षिण कोरिया पुगेकी थिइन् । त्यहाँ आयोजना गरिएको बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनको फिल्म ‘सेप अफ मोमो’ प्रिमियर गरिएको थियो ।
सो क्रममा उनले चर्चित दक्षिण कोरियाली फिल्म र सिरिजका स्टारलाई भेटेकी थिइन् । उनले ती कलाकारसँगको फोटो इन्स्टाग्राममा सेयर गरेकी छन् । उनले भेटलाई अविश्वसनीय रहेको बताएकी छन् ।
उनले भेटेका चर्चित अनुहारमध्ये एक थिए विश्वचर्चित नेटफ्ल्क्सि श्रृंखला ‘स्क्विड गेम’का फ्रन्टम्यान अर्थात भिलेन ली ब्युङ-हन ।
उनीसँगको भेटपछि गौमायाले चर्चित कथाकार र कलाकारको भेटलाई अविश्वसनीय रहेको बताएकी छन् ।
उनी लेख्छिन्, ‘अनि यो भयो..। अविश्वसनीय कथाकारहरू, कलाकारहरू भेट्न पाउँदा धेरै आभारी छु, जसका कामहरूको म लामो समयदेखि प्रशंसा गर्दै आएको छु । सबैजनाको सुरुवात कहिँकतैबाट हुन्छ भन्ने विश्वासलाई बलियो बनाउनुपर्छ भन्ने आशा र विश्वास हुनुपर्छ ।’
कामको कुरा गर्दा, गौमायाले ‘कबड्डी ४’सहित फूलबारी, महाजात्रा, राजागञ्ज, महाभोज, रिमै लगायतका फिल्ममा अभिनय गरेकी छन् ।
View this post on Instagram
प्रतिक्रिया 4