
News Summary
Generated by OK AI. Editorially reviewed.- हुलास स्टिल उद्योगले बिजुलीको १४ करोड १२ लाख ५ हजार रुपैयाँ बक्यौताबाट पहिलो किस्ताको ५० लाख ४३ हजार रुपैयाँ तिरेको छ।
- नेपाल विद्युत् प्राधिकरणका अनुसार हुलासले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता तिर्न २८ किस्ताको सुविधा लिएको थियो।
- प्राधिकरण स्रोतले भने, 'हुलास स्टिलले बक्यौता रकम तिरेको यो पहिलोपटक हो।'
३१ असोज, काठमाडौं। हुलास स्टिल उद्योगले बिजुलीको बक्यौताबाफतको पहिलो किस्ताको रकम तिरेको छ । हुलास स्टिल इन्डिस्ट्रिज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सिमरा वितरण केन्द्र अन्तर्गतको ग्राहक रहेको हुलासले २०७२ साल माघ महिनादेखि २०७५ वैशाख महिनासम्म प्रयोग गरेको बिजुलीको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ थियो । उसले सो रकम तिर्न २८ किस्ताको सुविधा लिएको थियो ।
त्यसमध्ये पहिलो किस्ताको रकम तिरेको हो । ‘हुलास स्टिलले बक्यौता रकम तिरेको यो पहिलोपटक हो,’ प्राधिकरण स्रोतले भन्यो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4