+
+
Shares
काठमाडौं महानगरको कार्यपालिका बैठक :

विपद् व्यवस्थापन प्रमुखको दाबी- आगो लागेकै रात सिंहदरबारमा दमकल पुगेको थियो

'आगो निभाउन फोन आइरहेको थियो, ५ वटा दमकल कता-कता पुर्‍याउने ?'

काठमाडौं महानगरपालिकाका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले २४ भदौ राति ८:१५ बजे सिंहदरबारमा लागेको आगो निभाउन दमकल पुगेको बताए।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १३:३५

३१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले २४ भदौ राति नै सिंहदरबारमा लागेको आगो निभाउन दमकल पुगेको बताएका छन् ।

शुक्रबारको कार्यपालिका बैठकमा महाशाखा प्रमुख जोशीले २४ भदौको राति ८:१५ बजे महानगरको दमकल पुगेर आगो निभाउने प्रयास गरेको बताएका हुन् । सिंहदरबारमा लागेको आगो निभाउन दमकल पठाउन गरिएका धेरै प्रयासहरू भीडका कारण असफल भएको उनको भनाइ छ । 

सिंहदरबारको आगो निभाउन दमकल २४ भदौको राति ८:१५ बजे पुगेको थियो । दुई दमकल पानीले आगो निभाउने प्रयास गरिएको पनि हो । यसको प्रमाणहरू सम्बन्धित निकायमा बुझाइ सकेका छौं,’ उनले भने, ‘आगो निभाउनका लागि विभिन्न स्थानबाट फोन आइरहेको थियो । तर, ५ वटा मात्रै दमकल हामीसँग थियो । कता-कता पुर्‍याउने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?