+
+
WC Series
Nepal
211/4 (20)
VS
९७ बलमा १९१ रन आवश्यक
Samoa
21/1 (3.5)
Shares

एमाले बैठक : स्थायी कमिटीका सदस्यले बोल्न थालेपछि भत्कियो वर्णानुक्रमको नियम

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १५:३६

३१ असोज, काठमाडौं । गत बुधबारदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको एक होटलमा जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

बैठक स्रोतका अनुसार, शुक्रबार दिउँसोसम्म केन्द्रीय र पोलिटब्युरो सदस्यहरूले धारणा राखिसकेका छन् ।

केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि वर्णानुक्रम अनुसार अन्तिमबाट बोल्न दिइएको थियो । ‘ज्ञ’ बाट नाम भएकाहरूबाट बोल्न थालिएकोमा अहिले भने त्यो क्रम तोडिएको छ ।

स्थायी कमिटी सदस्यहरूले बोल्न थालेपछि वर्णानुक्रम अनुसार बोल्ने अभ्यास तोडिएको एक नेताले बताए ।

‘अहिले नेताहरू बोलिराख्नुभएको छ । स्थायी कमिटीका सदस्यहरू बोल्न थालेपछि वर्णानुक्रमको व्यवस्था देखिँदैन,’ एक नेताले भने, ‘खासगरी अध्यक्षविरुद्ध बोल्ने र पक्षमा बोल्नेहरूको सन्तुलन मिलाउन यस्तो गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?