+
+
WC Series
Nepal
211/4 (20)
VS
११४ बलमा २०६ रन आवश्यक
Samoa
6/0 (0.6)
Shares

योगेश भट्टराईको प्रस्ताव : ओलीकै नेतृत्वमा महाधिवेशन, पूर्वघोषणा गरेर पद छाड्ने (पूर्णपाठ)

जेनजी आन्दोलन, वर्तमान परिस्थिति, पार्टी नेतृत्व, महाधिवेशन लगायतका विषयमा उनले १६ पृष्ठ लामो प्रस्ताव पेश गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १६:२८

३१ असोज, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा ‘आजको संकट र पार्टी पुनर्गठन’ विषयक प्रस्ताव पेश गरेका छन् ।

जेनजी आन्दोलन, वर्तमान परिस्थिति, पार्टी नेतृत्व, महाधिवेशन लगायतका विषयमा उनले १६ पृष्ठ लामो प्रस्ताव पेश गरेका हुन् ।

उनले विभिन्न परिस्थिति केलाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहज रुपमा नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्न सुझाव दिएका छन् ।

उनले यसका लागि दुई वटा विकल्प पनि दिएका छन् ।

एक, तत्कालै पार्टीका वरिष्ठतम् नेतालाई कार्यबाहकको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व निर्वाचित गर्ने ।

दोस्रो, पार्टी अध्यक्ष कमरेडको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने ।

उनले महाधिवेशन मार्फत नेतृत्व हस्तान्तरणको पूर्वघोषणा ओलीले गर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने विकल्प सुझाएका हुन् ।

‘यसमध्ये कुन विकल्पमा जाने अध्यक्ष कमरेडको अन्तरआत्मलाई छाडिदिने,’ योगेशले भनेका छन् ।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय सच्याउनुपर्ने पनि बताएका छन् ।

यस्तो छ उनको प्रस्ताव :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?