
News Summary
Generated by OK AI. Editorially reviewed.- नेता प्रकाशशरण महतले अन्तरिम सरकारले छिनछिनमा राजदूतहरू फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पर्ने बताएका छन्।
- उनले भने, \'अहिले सम्पूर्ण शक्ति र ऊर्जा निर्वाचनमा खर्चिनु पर्नेमा सरकार प्रतिशोध साँध्नेतर्फ लागेको छ।\'
- महतले निर्वाचन आयोगले कार्यतालिका ल्याएर मात्रै निर्वाचन नहुने र शान्तिसुरक्षाको प्रत्याभूति सुरक्षित वातावरण बनाउनुपर्ने बताए।
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले अन्तरिम सरकारले छिनछिनमा विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा नै प्रतिकूल असर पर्ने देखिएको बताएका छन् ।
शुक्रबारको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘विभिन्न देशमा रहेका राजदूतहरू फिर्ता गरिएको छ । छिनछिनमा राजदूतहरू फिर्ताको कारण अन्तर्राष्ट्रिय सम्बन्धमा पनि धेरै प्रतिकूल असर पर्ने कुराहरू पनि आएको छ,’ नेता महतले भने ।
अहिले सम्पूर्ण शक्ति र ऊर्जा निर्वाचनमा खर्चिनु पर्नेमा अन्तरिम सरकारका प्रधानमन्त्री प्रतिशोध साँध्नेतर्फ लागेको उनको आरोप छ ।
शान्ति सुरक्षा सुनिश्चित गर्ने कुराप्रति सरकार गम्भीर नभएको भन्दै सरकारले निर्वाचन गर्ने विश्वसनीय आधार बनाउनुपर्ने उनले बताए ।
‘दलीय प्रतिनिधिहरूले निर्वाचन आयोगमा कुराहरू राख्नु भएको छ । अब निर्वाचन आयोगले कार्यतालिका ल्याएर मात्रै निर्वाचन हुँदैन । त्यसका लागि सरकारले शान्तिसुरक्षाको प्रत्याभूति सुरक्षित हुने वातावरण बनाउनु पर्छ । बैठकमा साथीहरूले पनि यस विषयमा गम्भीर रूपमा कुरा उठाउनु भएको छ,’ महतले भने ।
प्रतिक्रिया 4