+
+
Shares

 ओलीको चुनौतीः म नेपालभित्र जहाँ पनि जान्छु, कुन लोकतन्त्रले थुन्छ हेरौंला

उनले अपराधीहरू प्रहरीको बर्दीमा हातहतियारहरू बोकेर चुनावको बुथमा आउने अवस्थामा चुनाव हुन्छ भन्दै प्रश्न गरे । ‘कि सम्झौता छ अपराधीहरूसँग ?’ ओलीले प्रश्न गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै मौखिक आदेशको भरमा मनलाग्दी नगर्न चेतावनी दिए।
  • ओलीले भने, 'म नेपाल सरहदभित्र जतिबेर आवश्यकता छ, त्यतिबेर जान्छु,' र कानुनले उनलाई थुन्न नसक्ने प्रश्न उठाए।
  • उनले चुनावमा अपराधीहरू प्रहरीको बर्दीमा हातहतियार बोकेर आउने अवस्था र सम्झौता भएको आशङ्का व्यक्त गरे।

१ कात्तिक, काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफू नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोक्नका लागि चुनौती दिएका छन् । उनलाई काठमाडौं उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै उनले मौखिक आदेशको भरमा मनलाग्दी नगर्न चेतावनी दिए ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘चुनाव गराउने रे ! झापा मेरो घर जलाइयो, जान नपाउने । साँगा कटेर जान नपाउने रे !’

उनले प्रश्न गरे, ‘म नेपाल सरहदभित्र जतिबेर आवश्यकता छ, त्यतिबेर जान्छु । के कानुनले समाउँछ, के कानुनले थुन्छ ? कुन लोकतन्त्रले थुन्छ मलाई थाहा छ । जथाभावी गर्ने ? मनपरी गर्ने ?,’ उनले आक्रोश पोखे ।

दलका नेताहरूलाई मौखिक आदेशले रोकेर चुनाव गर्ने भन्दै उनले सरकारी कदमको आलोचना गरे । ‘मौखिक आदेशले जे पनि गर्छ ? हदबन्दी गर्ने । दलहरूलाई चुनावमा जान नदिने । अनि फागुन २१ मा चुनाव गर्ने वाह ?,’ उनले प्रश्न गरे ।

उनले आफूहरू जेलभित्र बसेर देशमै संघर्ष गरेर आएको हो उल्लेख गर्दै भने, ‘हामी कमजोर हुतिहारा होइनौं ।’

उनले अपराधीहरू प्रहरीको बर्दीमा हातहतियारहरू बोकेर चुनावको बुथमा आउने अवस्थामा चुनाव हुन्छ भन्दै प्रश्न गरे । ‘कि सम्झौता छ अपराधीहरूसँग ?’ ओलीले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?