+
+
Shares
संगीत :

‘प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड’ व्यवस्थापनको जिम्मा औद्योगिक शान्ति नेपाललाई

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक प्रमोद खरेलको सांगीतिक समूहको कार्यक्रम व्यवस्थापन औद्योगिक शान्ति नेपाल संस्थाले एक वर्षका लागि लिएको छ।
  • संस्थाका अध्यक्ष सन्दीप महत र गायक खरेलले सम्झौतापत्रमा हस्ताक्षर गरी कार्यक्रम, कन्सर्ट र सार्वजनिक प्रस्तुतिको व्यवस्थापन गर्ने सहमति जनाए।
  • संस्थाका अध्यक्ष महतले यस सम्झौताले नेपाली संगीत उद्योगको व्यावसायिकता र अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुतिको दायरा विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो।

काठमाडौँ । गायक प्रमोद खरेलको सांगीतिक समूह ‘प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड’को कार्यक्रम व्यवस्थापनको जिम्मा औद्योगिक शान्ति नेपाल संस्थाले लिएको छ ।

आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महत र गायक खरेलबीच एक वर्षको लागि लिखित सम्झौता भयो ।

अध्यक्ष महत र ब्याण्डका प्रमुख गायक खरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार ब्याण्डका कार्यक्रम, कन्सर्ट र सार्वजनिक प्रस्तुतिको सांगीतिक व्यवस्थापन, योजना, समन्वय र सञ्चालन संस्थाले लिनेछ ।

खरेलले ब्याण्डले पूर्णता पाएको भन्दै औद्योगिक शान्ति नेपाल संस्थाजस्तो अनुभवी टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

यस साझेदारीले अबका कार्यक्रम र प्रस्तुति अझ व्यवस्थित, प्रभावशाली र दर्शकमैत्री हुने विश्वास व्यक्त उनले व्यक्त गरे ।

संस्थाका अध्यक्ष महतले गायक खरेलजस्ता स्थापित कलाकारसँग सहकार्य गर्न पाउनु आफ्नो संस्थाका लागी गौरवको विषय रहेको बताए ।

यस सम्झौताले नेपाली संगीत उद्योगको व्यावसायिकता र अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुतिको दायरा विस्तार गर्न मद्दत पुग्नेछ भन्नेमा विश्वास लिएको उनले बताए ।

उक्त व्यवस्थापकीय संस्था १५ वर्षदेखि देश तथा विदेशमा विभिन्न सांगीतिक, सांस्कृतिक र सामाजिक कार्यक्रममा सक्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?