+
+
Shares

पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १२:५१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । केही साताअघि जेन जीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रसहित १५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेश गरेको हो ।

उनीहरुमाथि थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप छ । स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. संगीता कौशल मिश्रा, निर्देशक डा. श्रवण कुमार थापा, बरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमाल लाल, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्लेविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियारले १४ करोड ६ लाख ८५ हजार पाँच सय रुपैयाँ बिगो दाबी गरेको हो ।

यसैगरी जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, शाखा अधिकृत यादव प्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, कानून अधिकृत सीता घिमिरे, बायोमेडिकल इञ्जिनियर आशिष चौहान र पद्मा मिश्र तथा जनस्वास्थ्य निरीक्षक सञ्जय कुमार साह र लेखापाल तिलकराम ढकालविरुद्ध पनि मुद्दा दायर भएको छ ।

यसैगरी ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा.लिका त्यसका सञ्चालक सुन्दर भुसालविरुद्ध पनि मुद्दा दायर भएको छ ।

मिश्रामाथि १४ करोड ४३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । प्रति थान २ करोड ५१ लाख रुपैयाँका दरले ५ वटा मेसिनका लागि १२ करोड ५५ लाखको प्रस्ताव थियो । तर भ्याट समेत जोडेर १४ करोड १८ लाखको लागत तयार पारिएको थियो ।

स्वास्थ्यमन्त्री बन्ने चर्चापछि राजीनामा दिएकी थिइन्, भ्रष्टाचार मुद्दा लाग्यो 

उनी स्वास्थ्य सचिवको आकांक्षी समेत थिइन् । सरकारले उनको साटो डा. विकास देवकोटालाई सचिव बनाएपछि उनी बिदामा बसेकी थिइन् ।

जेन–जीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् । स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन् ।

स्वभाविक स्वास्थ्यमन्त्रीको रुपमा मिश्राको नाम चर्चामा आउन थालेपछि अख्तियारका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोपपत्र दर्ता हुनसक्ने’ जानकारी गराएको थियो । त्यसपछि मिश्राको नाम एकाएक रोकिएको थियो ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचारमुद्दा पेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?