+
+
Shares

ओलीको चिन्ता : ७३ वर्ष भइसकेँ, मैले मात्रै दु:ख पाउनुपर्ने ?

‘…देश मेरोमात्रै होइन नि त । म ७३ त पूरा भइसकेँ । मैले मात्रै दुख पाउने ? मैले भन्दा धेरै बाँच्नुपर्ने मान्छे नेपालमा थुप्रै छन्,’ ओलीले भने, ‘देशको बारेमा उनले मेरोभन्दा बढी सोच्नुपर्ने हो । म सँग किन रिस उठेको हो थाहा छैन । मैले भ्रष्टाचार गरिनँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १५:०९

२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै देशको चिन्ता लिएर दु:ख पाउनुपरेको बताएका छन् ।

आइतबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा ओलीले आफूभन्दा धेरै आयु भएका व्यक्तिहरूले देशको बारेमा चिन्ता लिनुपर्ने बताए । आफू ७३ वर्ष उमेरको भइसकेको भन्दै आफैंले मात्रै दु:ख पाउनुपर्ने ? भन्दै उनले प्रश्न गरे ।

‘…देश मेरोमात्रै होइन नि त । म ७३ त पूरा भइसकेँ । मैले मात्रै दुख पाउने ? मैले भन्दा धेरै बाँच्नुपर्ने मान्छे नेपालमा थुप्रै छन्,’ ओलीले भने, ‘देशको बारेमा उनले मेरोभन्दा बढी सोच्नुपर्ने हो । म सँग किन रिस उठेको हो थाहा छैन । मैले भ्रष्टाचार गरिनँ ।’

साथै, उनले नेपालमा राजनीतिक दल र नेताहरूप्रति घृणा भएको स्वीकार गरे ।

‘नेपालमा पनि पोलिटिक्स, पोलिटिकल पार्टी र लिडरसँग घृणा छ,’ उनले भने, ‘अनुभव नै नभएका छन् । यो ओलम्पिकमा सेलेक्सन किन गर्नुपर्‍यो ? जेनजी पठाऔं न । उहाँहरू सेलेक्सन मान्न त गाह्रो हुन्छ ।’

उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालतर्फ इंकित गर्दै कानुन पढेकाहरू मन्त्री प्रधानमन्त्री भएको बताए ।

‘अनि कोही कानुन पढेर न्यायाधीश भएका प्रधानमन्त्री हुने, कोही कानुन पढेका मात्रै अर्को मन्त्री हुने,’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?