+
+
Shares

तिहार बिदामा पनि विद्युत प्राधिकरण खुला, बक्यौता बुझाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते ७:५४

४ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारको सार्वजनिक बिदाको दिन पनि उद्योगहरुले बक्यौता रकम तिर्न सक्ने जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको जानकारी दिए ।

किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने उनले बताए ।

विद्युत् प्राधिकरणले दीपावली सकिएलगत्तै बिजुलीको लाइन काट्न सुरु गरिसकेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायमै रहेका बेला प्राधिकरणले आज बिहानै चार कम्पनीको बिजुलीको लाइन काटेको छ ।

प्राधिकरणका अनुसार घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?