+
+
Shares

लोडसेडिङ अन्त्य सम्झिंदै पूर्वऊर्जामन्त्री जनार्दनले भने- गरे सम्भव छ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते ८:२५

४ कात्तिक, काठमाडौं । पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले विगतको लोडसेडिङ अन्त्य भएको दिन स्मरण गर्दै नेपालमा काम गर्ने इच्छाशक्ति भए सफल भइने बताएका छन् ।

दीपावलीको दिन सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै शर्माले लोडसेडिङ अन्त्यलाई ‘गरे सम्भव’ छ भन्ने उदाहरणको रुपमा ब्याख्या गरेका छन् ।

नेपालमा दैनिक १६ घण्टासम्म हुँदै आएको लोडसेडिङ शर्मा ऊर्जा मन्त्री भएको केही महिनामै अन्त्य भएको थियो । टिमवर्क र काम गर्ने इच्छाशक्तिको कारण यो सफलता हासिल गरेको उनले स्मरण गरेका छन् ।

२०७३ साल साउन ३० गते शर्मा ऊर्जामन्त्री बनेका थिए । त्यही वर्षको तिहारको दीपावलीको दिनदेखि नेपालीहरुले निर्धक्क बिजुली बाल्न पाएका थिए र लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको थियो ।

त्यस दिन स्मरण गर्दै शर्माले भनेका छन्, ‘तमाम–तमाम दर्जनौं साथीहरु थिए । ती सबै साथीहरुलाई मैले उत्साहित गरेँ । यो काम गर्नैपर्छ । यहाँ सम्भव छ ।’

उनले आफू यसको विज्ञ नभए पनि चुहावट र चोरी रोक्न पहल गरेको स्मरण गरेका छन् । ‘कहाँ विद्युत्हरु अनावश्यक रुपले वितरण भइरहेको छ, कसरी म्यानेज गर्न सकिन्छ भन्ने कुरामा मैले आफ्नो आइडिया मिटिङ राखेर बताएको थिएँ,’ उनले भनेका छन् ।

साथै उनले बिजुली चोरी रोक्न धेरै ठाउँमा छापा मारिएको पनि स्मरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?