
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संसद्मा भने, हामीले एक हातमा हतियार लिएका छौं र अर्को हातले शान्तिको प्रस्ताव गरिरहेका छौं।
- अक्टोबर १९ मा इजरायली सेनाले गाजामा १५३ टन बम खसालेको नेतन्याहूले जानकारी दिए।
- गाजामा युद्धविराम सुरु भएपनि इजरायलले ८० पटक सम्झौताको उल्लङ्घन गरेको र ९७ जनाको मृत्यु भएको गाजाका अधिकारीहरूले उल्लेख गरेका छन्।
४ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संसद्मा जानकारी दिए अनुसार अक्टोबर १९ मा इजरायली सेनाले गाजामा १५३ टन बम खसालेको थियो ।
नेतन्याहूले हमासले युद्धविराम तोडेर इजरायली सैनिकमाथि हमला गरेकोले यो कारबाही गर्नुपरेको दाबी गरे । यद्यपि, हमासले कुनै पनि हमला गरेको कुरालाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।
नेतन्याहूले संसदमा भने, ‘हामीले एक हातमा हतियार लिएका छौं र अर्को हातले शान्तिको प्रस्ताव गरिरहेका छौं ।’
उनले इजरायल आज पहिलेभन्दा बढी शक्तिशाली रहेको कुरामा जोड दिए ।
शान्ति शक्तिबाट मात्र आउने भएकोले हमासलाई पूर्ण रूपमा समाप्त पार्नु आवश्यक रहेको उनले बताए । अर्कोतर्फ, अमेरिकाका एक उच्च अधिकारीले युद्ध समाप्त भएपछि इजरायलले गाजाका जनतालाई मद्दत गर्नुपर्ने बताएका छन् ।
गाजाका अधिकारीहरूले युद्धविराम सुरु भएपछि इजरायलले ८० पटक सम्झौताको उल्लङ्घन गरेको उल्लेख गरेका छन् । यसबाट ९७ जनाको मृत्यु भएको छ र २३० जना घाइते भएका छन् ।
हमासका अनुसार, जुन क्षेत्रहरूमा हमला भयो, त्यहाँ उसको कुनै उपस्थिति थिएन ।
इजरायलका अनुसार, हमासले पहिले हमला गर्यो, त्यसैले जवाफ दिनुपरेको हो ।
अक्टोबर २०२३ मा सुरु भएको यस युद्धमा ६८,२०० मानिसहरू मारिएका छन् र १,७०,२०० घाइते भएका छन् ।
गाजामा खाद्यान्न र पानीको अभाव भएको छ र मानिसहरू भोकमरीको सामना गरिरहेका छन् । हाल युद्धविराम जारी छ, तर दुवै पक्षले एक-अर्कालाई आरोप लगाइरहेका छन् । एजेन्सी
प्रतिक्रिया 4