+
+
Shares

भारतले नेपालका स्कुलमा दियो थप ८१ वटा बस

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते १२:०५

५ कात्तिक, काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका विद्यालहरूमा ८१ वटा स्कुल बसहरू उपहार स्वरुप प्रदान गरेको छ ।

कोशी प्रदेशका बाढी प्रभावित र सातै प्रदेशका विकट जिल्लाहरूमा भारतले स्कुल बस उपलब्ध गराएको हो ।

नेपाल र भारतबीचको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै स्कुल बसहरू उपलब्ध गराइएको भारतीय राजदूतावासले जनाएको छ ।

इलाम, झापा र उदयपुर, हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम लगायतका जिल्लामा ती बसहरू उपलब्ध गराइएको हो ।

विगत तीन दशकमा भारतले नेपालका संस्थाहरूलाई ३८१ वटा स्कुल बसहरू प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?