
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल संवत् ११४६ को प्रारम्भ राष्ट्रिय विभूति शंखधर सा:ख्वाले गरिब जनताको ऋणमोचन गरी सुरु गरेका थिए।
- नेपाल संवतलाई नयाँ वर्षका रूपमा नेवार समुदायले काठमाडौं, ललितपुर, भक्तपुर लगायत क्षेत्रमा विशेषरूपमा मनाउने गर्छन्।
- २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।
५ कात्तिक, काठमाडौं। नेपाल संवत् ११४६ प्रारम्भ भएको छ ।
राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए । नेपाल संवत् अवसरमा बुधबार काठमाडौंका विभिन्न स्थानमा र्यालीका साथै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरूपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सा:ख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।
२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरे । कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरवात गर्ने परम्परा समेत काठमाडौंमा अझै छ ।
प्रतिक्रिया 4