+
+
Shares

व्यापार सम्झौता गर्ने तयारीमा अमेरिका-भारत, भन्सार शुल्क केवल १५ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ६ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत र अमेरिकाबीच चाँडै व्यापार सम्झौता हुने सम्भावना बढेको छ र भारतका छानिएका वस्तुहरूमा भन्सार शुल्क ५० प्रतिशतबाट १५ प्रतिशतसम्म घट्न सक्छ।
  • ऊर्जा र कृषि क्षेत्र वार्ताको टेबुलमा महत्त्वपूर्ण छन् र भारतले यी क्षेत्रमा केही छुट दिन सक्छ भने अमेरिकी पक्षले भारतलाई नन्-जीएम मकै र सोयामिलको लागि बजार खोल्न दबाब दिइरहेको छ।
  • अमेरिकाले भारतमा प्रिमियम चिज (पनिर) प्रवेशका लागि दबाब दिइरहेको छ भने भारतले हाल १५ प्रतिशत कर नघटाउने स्पष्ट पारेको छ र ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएको छ।

६ असोज, काठमाडौं । भारत र अमेरिकाबीच चाँडै नै व्यापार सम्झौता हुने सम्भावना बढेको छ। एक रिपोर्टअनुसार भारतका छानिएका वस्तुहरूमा लाग्ने ५० प्रतिशत भन्सार शुल्क घटेर १५ प्रतिशतसम्म हुन सक्छ।

व्यापार सम्झौतासँग जोडिएका स्रोतहरूका अनुसार ऊर्जा र कृषि क्षेत्र वार्ताको टेबुलमा सबैभन्दा महत्त्वपूर्ण छन्। भारतले यी क्षेत्रहरूमा केही छुट दिन सक्छ।

अमेरिकी वार्ताकारहरूले दाबी गरेअनुसार, भारतले बिस्तारै रूसी कच्चा तेलको खरिदमा कमी ल्याउन सक्छ। साथै, अमेरिकाबाट नन्-जीएम (जेनेटिकल्ली मोडिफाइड नगरिएको) मकै र सोयामिलको लागि बजार खोल्न सक्छ।

तीव्र रूपमा बढेको घरेलु पोल्ट्री, डेरी र इथेनोल उद्योगमा अमेरिकी उत्पादनहरू खपत हुने भारतको विश्वास छ र यसले भारतीय किसानहरूको हितलाई प्रभावित पार्ने छैन। हाल भारतले वार्षिक रूपमा करिब ५ लाख टन मकै अमेरिकाबाट आयात गर्छ।

भारतमा पनिर बेच्न चाहन्छ अमेरिका

रिपोर्टअनुसार भारतले अमेरिकी पक्षलाई नन्-जीएम मकैमा हालको १५ प्रतिशत करलाई कम नगरिने स्पष्ट रूपमा बताइसकेको छ ।

अमेरिका भारतमा प्रिमियम चिज (पनिर) लाई पनि प्रवेश दिनका लागि दबाब दिइरहेको छ, तर भारत यसमा हाल सहमत छैन।

ट्रम्पले भारतमाथि अप्रिलमा २५ प्रतिशत र फेरि रूसबाट कच्चा तेल लिएकोमा २५ प्रतिशत जरिवाना लगाएर कुल ५० प्रतिशत भन्सार शुल्क लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?