+
+
Shares

धीरज-मिरुना स्टारर फिल्म ‘मैझारो’ शुक्रबारदेखि हलमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते ९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विल्सनविक्रम राईको डेब्यू निर्देशन रहेको कथानक फिल्म 'मैझारो' शुक्रबारदेखि देशब्यापी कम्तीमा ८० शोजसहित प्रदर्शनमा आएको छ।
  • फिल्म 'मैझारो'को कथावस्तु त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित छ र इलामको दृश्यमा प्रस्तुत गरिएको छ।
  • शुक्रबार 'सोल्टिनी' ५१, 'वरिष्ठ बलराम' १०४ र 'जेरी अन टप' १२७ शोजसहित प्रदर्शनमा छन् र विदेशी फिल्मले शो संख्या विभाजन गरेको छ।

काठमाडौं । विल्सनविक्रम राई ‘तक्मे बुढा’को डेब्यू निर्देशन रहेको कथानक फिल्म ‘मैझारो’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ ।

कम्तीमा ८० शोजसहित फिल्म प्रदर्शनमा आएको छ । धीरज मगर, मिरुना मगर र दीया पुनजस्ता चर्चित कलाकार समावेश यो फिल्मको कथावस्तु त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित छ ।

इलामको दृश्यमा निर्देशक तथा अभिनेता राईले कथा पेश गरेका छन् । दर्शकले पहिलोपटक धीरज-मगर-दीयालाई स्क्रिन सेयर गरेको हेर्न पाउनेछन् ।

सोसल–ड्रामा जनरामा बनेको फिल्मको रनटाइम १४१ मिनेट छ । प्रेम कथामा आधारित यो फिल्म तिहार र छठको छेकोमा रिलिज भएको हो । तपाईंलाई पूर्वी नेपालको परिवेशमा आधारित प्रेमकथाको फिल्म हेर्न रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

शुक्रबारको लागि अर्को फिल्म ‘सोल्टिनी’को शोज संख्या कम्तीमा ५१, ‘वरिष्ठ बलराम’को १०४ र ‘जेरी अन टप’को १२७ शोज छन् । यही समयमा विदेशी फिल्म पनि प्रदर्शनरत रहेकाले हलले शो संख्या विभाजन गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?