News Summary
Generated by OK AI. Editorially reviewed.- कथानक फिल्म 'परान'ले सामाजिक सञ्जालमा 'मेरो परान' प्रतियोगिता घोषणा गरेको छ जसको पुरस्कार राशी १ लाख रुपैयाँ छ।
- प्रतियोगितामा सहभागीले आफ्नो जीवनको 'परान'सँगको फोटो र क्याप्सन फेसबुकमा पोस्ट गरी फिल्मको अफिसियल पेजलाई मेन्सन गर्नुपर्नेछ।
- प्रतियोगितामा लक्की ड्रबाट १ जनाले १ लाख रुपैयाँ र सय जनाले फिल्मको विशेष शोको टिकट पाउनेछन् र फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ।
काठमाडौं । आउने सातादेखि प्रदर्शन तयारीमा रहेको कथानक फिल्म ‘परान’ले सामाजिक सञ्जाल प्रतियोगिता घोषणा गरेको छ ।
प्रतियोगिताको राशी १ लाख रुपैयाँ नगद छ । ‘मेरो परान’ शीर्षकको प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो जीवनमा रहेको ‘परान’ को हो भन्ने सुनिश्चित गर्दै उसँगको फोटो र क्याप्सन फेसबुकमा पोस्ट गर्नुपर्ने हुन्छ ।
फिल्मको अफिसियल पेजलाई मेन्सन वा ट्याग गर्नुपर्ने जनाइएको छ । दीपक आचार्य ‘काकु’ निर्देशित यो फिल्म पनि सम्बन्ध र स्नेहको कथावस्तुमा आधारित छ ।
पोस्ट गरिने फोटोमा सहभागीले आफ्नो परानका रुपमा बुबा, आमा वा बुबाआमा दुबै वा श्रीमान, श्रीमती या प्रेमीप्रेमिका, साथी अथवा दाजुभाइ एवम् दिदीबहिनी मध्ये जोकोहीसँगको फोटो पोस्ट गर्न सक्ने जनाइएको छ ।
त्यसरी पोस्ट गर्ने मध्ये १ जनाले लक्की ड्र मार्फत १ लाख रुपैंया जित्ने अवसर प्राप्त गर्नेछन् भने सय जनाले फिल्मको विशेष शोको टिकट पाउने जनाइएको छ ।
फिल्ममा व्यवसायी शेखर गोल्छासँगै ३ दशकको इतिहास बोकेको प्रिज्मा एडभर्टान्जिङ एजेन्सीका प्रमुख रन्जित आचार्यको लगानी छ ।
फिल्मको शीर्ष भूमिकामा अभिनेता नीर शाहले अभिनय गरेका छन् । शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई लगायतको पनि अभिनय छ ।
यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4