+
+
Shares

सुखीपुर नगरपालिका–६ का वडाध्यक्षको निधन

क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते २०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको ९ कात्तिकमा क्यान्सर रोगबाट निधन भएको छ।
  • साहलाई मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो।
  • साह स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए र उनका श्रीमती र दुई छोरी छन्।

९ कात्तिक, सिरहा । सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिए ।

नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो।

मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उनको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो।

साह स्थानीय तहको पहिलो निर्वाचन (२०७४ साल) र दोस्रो निर्वाचन (२०७९ साल) मा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष साहका श्रीमती र दुई छोरी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?