+
+
Shares

छठमा हिन्दू राष्ट्र माग्दै कांग्रेस नेताले गरे २८औं दण्ड प्रणाम यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १३:११

१० कात्तिक, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका लागि सडकमा दण्ड प्रणाम यात्रा गरेका छन् । उनले दण्ड प्रणाम यात्रा  गरेको यो २८औं पटक हो ।

पछिल्लो २० वर्षयता उनले हिन्दू राष्ट्रको कामना गर्दै छठको पूजाका लागि दण्ड प्रणाम यात्रा गरिरहेका छन् ।

नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा, लोक कल्याण, विश्व शान्ति र धर्म रक्षाका लागि छठको व्रत बसेर दण्ड प्रणाम यात्रा गरेको पराजुलीले बताए । पराजुली विराटनगर महानगरपालिकाको पूर्वमेयर पनि हुन् ।

३२ वर्षयता छठको व्रत बस्दै आएका छन् । उनले २८ औं पटक दण्ड प्रणाम यात्रा गरेको बताए ।

विराटनगर महानगरपालिका-३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सुरु गरेको दण्ड प्रणाम यात्रा सिंघिया खोलामा राखिएको पूजा स्थलसम्ममा पुगेर समापन हुनेछ ।

मन्दिरबाट तीन किलोमिटर टाढा रहेको सिंघीया खोलामा निर्मित छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?